यी हुन् हडताल गर्न नपाइने २५ क्षेत्र « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

यी हुन् हडताल गर्न नपाइने २५ क्षेत्र


१९ जेष्ठ २०७८, बुधबार


काठमाडौँ । गृह मन्त्रालयले अत्यावश्यक सेवा प्रदायक क्षेत्रमा हडताल गर्न नपाइने आदेश जारी गरेको छ ।

सोमबार (जेठ १७) को राजपत्रमा सूचना प्रकाशित गर्दै मन्त्रालयले आवश्यक सेवा सञ्चालन ऐन, २०१४ को दफा ३ को उपदफा (१) मा भएको अधिकार प्रयोग गरेर सो आदेश जारी गरिएको उल्लेख छ ।

यो ऐनअन्तर्गत निषेध गरिएको क्षेत्रमा कुनै व्यक्तिले हडताल गरेमा वा त्यसमा भाग लिएमा वा लिइराखेमा निजलाई ६ महिनासम्म कैद वा दुई सय रुपैयाँसम्म जरिवाना वा दुवै सजायको व्यवस्था छ । हडताल गर्न वा त्यसमा भाग लिन भाग लिई राख्न कुनै व्यक्तिले अरूलाई दुरुत्साहन गरेमा निजलाई एक वर्षसम्म कैद वा एक हजारसम्म जरिवाना वा दुवै सजाय हुनसक्ने ऐनमा उल्लेख छ ।

हडताल निषेध गरिएका क्षेत्रहरूमा बैङ्क, बिमा, टेलिफोन, सञ्चार र इन्टरनेट सेवा छन् । त्यस्तै सरकारले विद्युत् सेवा, दैनिक उपभोग्य वस्तुको पैठारी, ढुवानी भण्डारण तथा वितरण सम्बन्धी सेवा, राहदानी विभागबाट प्रदान हुने सेवा, औषधी निर्माण तथा बिक्री वितरण सेवालगायत छन् ।

सूचना :

Tags :
प्रतिक्रिया दिनुहोस