फ्रान्सबाट पनि आइपुग्यो स्वास्थ्य सामाग्री « प्रशासन
prasaLogo
१९ जेष्ठ २०७८, बुधबार

फ्रान्सबाट पनि आइपुग्यो स्वास्थ्य सामाग्री


प्रकाशित मिति : 2 June, 2021 12:16 pm

काठमाडौँ । फ्रान्स सरकारले सहयोग गरेको स्वास्थ्य सामाग्री नेपाल आइपुगेको छ । कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि फ्रान्स सरकारले सहयोगस्वरुप प्रदान गरेको मास्क, एन्टिजेनिक टेस्ट, प्रोटेक्सन ग्लास, ओरीस III रेस्पिरेसन तथा कन्सुमेललगायतका सामाग्री आज नेपाल आइपुगेको हो ।

ए ३५० जहाजमार्फत ल्याइएको स्वास्थ्य सामाग्री फ्रान्सका राजदूत फ्रान्कोइस जेभियरले बुधवार स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेका हुन् ।

एफएफपी २ मास्क ५ लाख ४ हजार थान, एन्टिजेनिक टेस्ट २० हजार २२५ थान, प्रोटेक्सन ग्लासेस ज्ञद्द हजार थान, ओरिस III रिस्पिरेसन एण्ड कन्सुमेबल ९ थान र सिरिअस ५० रिस्पिरेटर एण्ड कन्सुम्बल छ थान सहयोग रहेको नेपालका लागि फ्रान्सेली राजदूतावासले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस