भारतसँग जीटुजीमा रासायनिक मल किन्न मन्त्रिपरिषद्को स्वीकृति « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

भारतसँग जीटुजीमा रासायनिक मल किन्न मन्त्रिपरिषद्को स्वीकृति


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ। भारतसँग जीटुजी(सरकारी स्तर)मा रासायनिक मल खरिद गर्न मन्त्रिपरिषद्ले सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई स्वीकृति प्रदान गरेको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ ।

‘जीटुजीमा मल खरिद गर्नका लागि भारतले पठाएको मल खरिद सम्झौतामा नेपालले आवश्यक संशोधनसहित स्वीकृतिका लागि मन्त्रिपरिषदमा पेस गरेको थियो । मन्त्रालयले पाँच वर्षसम्म भारतबाट जीटूजीमा मल खरिद गर्न एमओयूको प्रस्ताव पठाएको थियो ।

मल खरिद एमओयूका लागि भारतले पठाएको मस्यौदा कानुन र परराष्ट्र मन्त्रालयसँग समन्वय गरेर मन्त्रिपरिषद्मा पठाएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस