उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बिना निष्कर्ष टुङ्गियो « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीको बैठक बिना निष्कर्ष टुङ्गियो


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । उपत्यकामा निषेधाज्ञा थप गर्नेबारे मंगलबार बसेको काठमाडौँ, भक्तपुर र ललितपुरका तीनै प्रमुख जिल्ला अधिकारीको बैठक बिना निष्कर्ष टुङ्गिएको छ ।

निषेधाज्ञा थप्ने या खुलाउनेबारे कुनै निर्णय नभएपछि भोलि बुधवार यसबारे भोलि पुनः बैठक बस्ने भएको एक सिडिओले बताए ।

मङ्गलवारको बैठकमा जेठ मसान्तसम्म निषेधाज्ञा थप गर्ने तथा खाद्य तथा किराना पसल बिहान ९ बजेसम्म खुलाउनेबारे छलफल भएको छ ।

सङ्क्रमण बढिरहेकोले आवतजावतमा कडाइ गर्ने र परीक्षण पनि ब्यापकरुपमा हुन नसकेको निकाल्दै सिडिओहरू निषेधाज्ञा लम्ब्याउने तयारीमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस