संवैधानिक इजलास स्थगित हुनुअघि यस्तो छ चार न्यायाधीशले दिएको राय « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

संवैधानिक इजलास स्थगित हुनुअघि यस्तो छ चार न्यायाधीशले दिएको राय


१८ जेष्ठ २०७८, मंगलबार


high court

काठमाडौँ । दुई जना न्यायाधीशले संवैधानिक इजलास छाडेपछि प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आउँदो २३ गतेसम्मका लागि स्थगित गरिएको छ ।

न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईले इजलासको यही संरचनाबाट अगाडि बढ्दा न्यायिक निष्पक्षता कायम हुनेमा ढुक्क हुन नसकिएको भन्दै इजलास छाडेपछि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले २३ गतेसम्मका लागि सुनुवाइ स्थगित गरेका हुन् ।

आजको संवैधानिक इजलासमा आफ्नो राय पेस गर्दै न्यायाधीशद्वय कार्की र भट्टराईले प्रधानन्यायाधीशले आवश्यक ठानेको खण्डमा आफूहरू बस्न तयार रहेको पनि बताएका छन् । यसअघि संवैधानिक इजलासमा रहेका न्यायाधीश बमकुमार श्रेष्ठ र तेजबहादुर केसीले नेकपा दर्ता बदरसम्बन्धी मुद्दा हेरेकाले उनीहरू इजलासमा बस्न नमिल्ने भन्दैमाथि रिट निवेदक पक्षका वकिलहरूले प्रश्न उठाएका थिए ।

पुरानै संवैधानिक इजलास गठन गरेपछि आज न्यायाधीशहरू कार्की र भट्टराईले आफ्नो रायसहित इजलास छाडेका हुन् । यस्तै न्यायाधीश केसी र श्रेष्ठले पनि इजलासमा छुट्टाछुट्टै राय पेस गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस