निर्वाचन आयोगमा उपेन्द्रको पत्र : जसपाको दर्ता किताबबाट महन्थको नाम हटाइयोस् « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

निर्वाचन आयोगमा उपेन्द्रको पत्र : जसपाको दर्ता किताबबाट महन्थको नाम हटाइयोस्


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) का पहिलो वरियताका अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र अर्का अध्यक्ष उपेन्द्र यादवले निर्वाचन आयोगमा पठाएको छ ।

अध्यक्ष यादवले ठाकुरसहित चार नेतालाई निष्कासन गरिएको पत्र निर्वाचन आयोगमा पठाएपछि आजबाट पार्टी विभाजनले औपचारिकता पाएको छ ।

यादवपक्षीय जसपाको कार्यकारिणी समिति बैठकले आजै ठाकुरसहित राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीको साधारण सदस्यसबाट निष्कासनको घोषणा गरेको थियो ।

सो सम्बन्धी निर्णयको जानकारी तत्कालै यादवले निर्वाचन आयोगलाई गराई दलको दर्ता किताबबाट नाम हटाउन अनुरोध गरेका छन् । आयोगमा दुवै अध्यक्षको नाम दर्ता छ ।

त्यस्तै महन्थ ठाकुर पक्षले पनि उपेन्द्रमाथि निष्कासनको कारवाहीको निर्णय गर्न लागेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस