परराष्ट्रमन्त्री ज्ञवालीको प्रश्नः अहिले मान्छेको जीवन रक्षा ठूलो कुरा हो कि अरु ? « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

परराष्ट्रमन्त्री ज्ञवालीको प्रश्नः अहिले मान्छेको जीवन रक्षा ठूलो कुरा हो कि अरु ?


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । कोरोना खोपका लागि राष्ट्रपतिले गरेको पहलमाथि प्रश्न उठाएकोमा पराराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आफू असन्तुष्टि रहेको बताएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले चीनका राष्ट्रपति शी जिनपिङसँग टेलिफोन कुराकानी गरेकी थिइन् भने भारत, अमेरिका, रुस र बेलायतका राष्ट्र प्रमुखलाई पत्रचार गरेकी थिइन् । राष्ट्रपतिको यो प्रयासलाई कतिपयले अस्वभाविक सक्रियता भन्दै आलोचना गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले भने यस्ता टिप्पणीहरु देख्दा बिरक्त लाग्ने बताए । आलोचना गर्नेहरुलाई उनले प्रश्न गरेका छन् । ‘अहिले मान्छेको जीवन रक्षा ठूलो कुरा हो कि अरु ?’

खोपका लागि परराष्ट्र मन्त्रालय र प्रधानमन्त्रीले आफ्नो पहल गरिरहेको पनि उनले बताए । भने, ‘राष्ट्रपति यो देशको सर्वोच्च पदाधिकारी हो । संविधानको रक्षक र देशको अभिभावकको हैसियतले उहाँले आवश्यकता अनुसार आफ्नो हैयिसतलाई प्रयोग गर्नु हुन्छ ।’

आलोचना गर्नेहरुले सामान्य प्रोटोकल समेत ख्याल नगरेको परराष्ट्रमन्त्री ज्ञवालीको गुनासो छ । उनले भने, ‘जहाँ कार्यकारी राष्ट्रपति हुनुहुन्छ, त्यहाँ कुराकानी त राष्ट्रपतिले नै गर्नुपर्‍यो नि । प्रधानमन्त्री र राष्ट्रपतिको बीचमा कुराकानी हुँदैन ।’

बालुटारमा बसेको एमाले स्थायी कमिटीको बैठकपछि परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘ती नेता, जसले अत्यन्त छुद्र ढंगले टिप्पणी गर्नु भएको छ, (हात जोडेर) मेरो प्रार्थना छ, उहाँहरुलाई कहिल्यै कोरोना नलागोस् । उहाँहरुको नातापाता, सम्बन्ध कसैलाई पनि त्यस्तो नहोस् ।’

Tags :
प्रतिक्रिया दिनुहोस