साहित्यकार डिल्लीराम नेपालको कोरोना संक्रमणका कारण निधन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

साहित्यकार डिल्लीराम नेपालको कोरोना संक्रमणका कारण निधन


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । कोरोना संक्रमणबाट साहित्यकार तथा योगसाधक डिल्लीराम नेपालको निधन भएको छ । संक्रमणका कारण शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचारका क्रममा ७५ वर्षको उमेरमा नेपालको आइतबार राति निधन भएको हो । उनलाई दुई साताअघि कोरोना पुष्टि भइ आईसीयूमा राखेर उपचार गरिएको थियो ।

पाल्पा रिब्दीकोट निवासी नेपालका कविता कृति ‘युवालाई आह्वान’, लोकलयमा आधारित योगकाव्य ‘अष्टाङ्ग योग’, यात्रा संस्मरण ‘रमाइलो यात्रा क्यानडाको’, योग विधिसम्बन्धी ‘योगको प्रवेशद्वार’ प्रकाशित छन् । आधा दर्जन कृति प्रकाशोन्मुख रहेको बताइएको छ ।

करिब ३३ वर्ष निजामती सेवामा जागिर गरेका उनले २०६५ मा लेखा अधिकृत पदबाट सेवानिवृत्त भएका थिए । निजामती प्रवेशअघि उनी एक दशक शिक्षण सेवामा संलग्न थिए ।

उनका थुप्रै लेख, रचना, निबन्ध, रचना, कविता विभिन्न पत्रपत्रिका, स्मारिका, बुलेटिनमा प्रकाशित छन् । काठमाडौँ कीर्तिपुर बस्दै आएका उनका श्रीमती, २ छोरा–बुहारी छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस