सुनको भाउ तोलामा ९४ हजार बढि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनको भाउ तोलामा ९४ हजार बढि


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । सुनको भाउ तोलामा ९४ हजार पाँच सय रुपैयाँ पुगेको छ । मंगलबार सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेपछि उक्त मूल्य कामय भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज तेजावी सुनको भाउ ९४ हजार रुपैयाँ कायम भएको छ । सोमबार तेजावी सुनको कारोबार ९३ हजार सात सय रुपैयाँमा भएको थियो । यस्तै आज चाँदी एक हजार ३७० रुपैयाँ पुगेको छ । जुन प्रतितोला सोमबारभन्दा १० रुपैयाँले बढी हो ।

Tags :
प्रतिक्रिया दिनुहोस