नेपालमा फैलिएको नयाँ कोरोना भेरियन्टको नाम ‘अल्फा’ र ‘डेल्टा’ « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

नेपालमा फैलिएको नयाँ कोरोना भेरियन्टको नाम ‘अल्फा’ र ‘डेल्टा’


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । नेपालमा फैलिएका नयाँ कोरोना भेरियन्टको छुट्टाछुट्टै नामाकरण गरिएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएकोे हो ।

विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको नयाँ भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, भारतमा भेटिएको भेरियन्ट (B.1.617.2)लाई ‘डेल्टा’ नाम दिएको छ ।

भारतमै फेला परेको अर्को नयाँ भेरियन्ट (B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ । भारतमै फेला परेका ‘डेल्टा’ र ‘कप्पा’ भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ ।

नेपालमा फेला परेका भेरियन्टलाई डेल्टा र कप्पा भनिएको छ । ज्यादै संक्रामक मानिने भारतमा फेला परेको ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिएको बताइएको छ ।

बीबीसीका अनुसार कोरोना भाइरसको भेरियन्टको नाममा सहजीकरण र यसको भ्रम अन्त्य गर्नका लागि ग्रिक शब्दबाट नयाँ नामकरण भएको हो ।

 

Tags :
प्रतिक्रिया दिनुहोस