बालुवाटारमा एमाले स्थायी समितिको बैठक बस्दै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बालुवाटारमा एमाले स्थायी समितिको बैठक बस्दै


१८ जेष्ठ २०७८, मंगलबार


काठमाडौँ । नेकपाको स्थायी समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा ११ बजे बस्दै छ ।

बैठकमा निर्वाचनका लागि राष्ट्रिय सहमतिको सरकार बनाउन पहल गर्नेदेखि जसपाको महन्थ र महतो पक्षसँगको सत्ता साझेदारी, बजेट कार्यान्वयन र कोभिड रोकथामलगायतका विषयमा छलफल हुनेछ।

राष्ट्रिय सहमतिको सरकार बनाउने विषयलाई पार्टी बैठकमा एजेन्डाका रूपमा राख्न लागिएको जनाइएको छ भने जसपाको महन्थ र महतो पक्ष एक दुई दिनभित्रै सरकारमा सहभागी हुने तयारीमा छन् । सरकार पक्षका उम्मेदवार नै हारेपछि लुम्बिनी प्रदेशको निर्वाचनका बारेमा पनि बैठकमा समीक्षा गरिँदै छ ।

बैठकमा स्पष्टीकरण सोधिएका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, विरोध खतिवडा, जीवनराम श्रेष्ठ, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, भवानी प्रसाद खापुङ, यज्ञ सुनुवार, मेटमणि चौधरी, दीपकप्रकाश भट्ट र नारायण खतिवडा रहेका छन्।यसअघि एमाले संस्थापन पक्षले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, उपाध्यक्ष भीम रावललगायत १२ जनालाई के कारबाही गर्ने भन्ने बारेमा पनि छलफल हुनेछ। उनीहरूलाई साधारण सदस्य समेत नरहने गरी कारबाही गरिसकेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस