कर्मचारीहरुका लागि अमेजोन कम्पनीले ल्याएको ‘वेलनेस च्याम्बर’ आलोचित बन्दै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

कर्मचारीहरुका लागि अमेजोन कम्पनीले ल्याएको ‘वेलनेस च्याम्बर’ आलोचित बन्दै


एजेन्सी

१८ जेष्ठ २०७८, मंगलबार


बीबीसी । अमेजोन कम्पनीले आफ्ना कर्मचारीहरुको मानसिक स्वास्थ्यमा फाइदा पुग्ने भन्दै ‘वेलनेस च्याम्बर’ को सेवा सुरु गर्ने बताएको छ । उक्त च्याम्बर भित्र बसेर तनावमा रहेका कर्मचारीहरुले आरामदायक भिडियोहरु हेर्न पाउनेछन् ।

यसबारे आफ्नो ट्विटर अकाउन्टमा घोषणा गर्दै अमेजोनले यस नयाँ सेवामार्फत कम्पनीका स्टाफको मानसिक स्वास्थ्यतर्फ ध्यान दिन मद्दत मिल्ने बताएको छ ।

तर, यति यस्तो घोषणाले कम्पनीको चारैतिरबाट आलोचना र विरोध भएको छ । किनकी अमेजोन कम्पनीमाथि अत्यन्तै खराब कार्यस्थल वातावरणमा काम गराउने आरोप लाग्दै आएको छ । कम्पनीले यस समबन्धी प्रतिक्रिया दिन बीबीसीको अनुरोध अस्वीकार गरेको हो ।

१७ मे का दिन कम्पनीले ‘वर्किङ वेल’ भन्ने नयाँ नीति सार्वजानिक गरेको थियो जस अन्तर्गत स्टाफहरुलाई शारीरिक र मानसिक क्रियाकलाप सम्बन्धी स्वस्थकर व्यायाम, स्वस्थ खानाको सेवालगायत व्यवस्था मिलाइने बताएको थियो ।

‘अमाजेन’ नामक सो कोठाबारे ब्याख्या गर्दै कम्पनीले भनेको हो,‘आफ्नो सिफ्टका बेलामा कर्मचारीहरुले अमेजोन स्टेसन भ्रमण गरि ध्यान, योग, सकारात्मक मानसिकता पैदा गर्ने आरामदायक दृश्य र आवाजहरु हेर्नसुन्न सक्नेछन् ।’
अमेजोनले यसको भिडियोसमेत सार्वजानिक गरेको थियो तर अहिले भने उक्त ट्विट डिलिट गरिसकेको छ ।

सो कोठाभित्र एउटा कुर्सी, कम्प्युटर टेबल र केही साना बोटविरुवा राखिएको थियो । प्यानलको माथिपट्टी भने नीलो रङको पेन्ट लगाएर बादलहरुको चित्र बनाइएको देख्न सकिन्छ । तर प्रायःले त्यसलाई केबल ‘रुन जाने कोठा’ मात्र भएको भनेर आलोचना गरेका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस