कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरूका लागि १ करोड राशिको सम्मान घोषणा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरूका लागि १ करोड राशिको सम्मान घोषणा


१७ जेष्ठ २०७८, सोमबार


काठमाडौँ। बारबरा फाउन्डेसनले कोरोना महामारीमा खटिने स्वास्थ्यकर्मीहरूका लागि १ करोड १ रुपैयाँ राशिको सम्मान घोषणा गरेको छ ।

फाउन्डेसनका अध्यक्ष डा. सन्दुक रुइतले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै कोभिड महामारी विरुद्ध अग्र पङ्क्तिमा खटिने देशभरका सरकारी तथा सामुदायिक अस्पतालमा कार्यरत डाक्टर, नर्स, स्वास्थ्य कर्मचारी लगायत एम्बुलेन्स चालकका लागि विशेष सम्मानको घोषणा गरेको जनाएका छन् ।

उक्त सम्मानका लागि कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहृद घिमिरेले एक करोड रुपैयाँ प्रदान गरेको बारबरा फाउन्डेसनले जनाएको छ ।

फाउन्डेसनले सरकारी, सामुदायिक वा गैर नाफामूलक संस्था वा त्यसमा कार्यरत स्वास्थ्यकर्मी मध्येबाट निष्पक्ष छनौट गर्नको लागि नेपाल मेडिकल काउन्सिलका अध्यक्ष प्रा. डा. भगवान् कोइरालाको अध्यक्षतामा नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा. लोचन कार्कीलगायत रहेको निर्णायक समिति गठन गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस