बजेटले नीजि क्षेत्रको मागलाई सम्बोधन गरेको छ : महासङ्घ « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

बजेटले नीजि क्षेत्रको मागलाई सम्बोधन गरेको छ : महासङ्घ


१७ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले आर्थिक वर्ष २०७८/०७९ ले नीजि क्षेत्रको मागलाई सम्बोधन गरेको बताएको छ ।

महासङ्घका अध्यक्ष नरेश कटुवालले आज एक विज्ञप्ति जारी गरी बजेटले नीजि क्षेत्रको मागलाई धेरै हदसम्म समेट्ने प्रयास गरेको भन्दै समग्रमा सकारात्मक भएको बताए ।

‘बजेट समग्रमा राम्रो आएपनि यसको कार्यान्वयन पक्ष भने निकै चुनौतीपूर्ण छ, यसको कार्यान्वयनमा सरकारले विशेष ध्यान दिनुपर्छ’, अध्यक्ष कटुवालले भने । कोभिड–१९ ले प्रभावित बजेटमा उल्लेख गरिएका व्यवसायीलाई आगामी आवमा तिनुपर्ने नविकरण, इजाजत दस्तुर हटाउने, होटल तथा पर्यटन क्षेत्रलाई उत्पादनमूलक उद्योग सरहको सुविधा उपलब्ध गराउने, ट्राभल र ट्रेकिङको प्याकेजमा मूल्य अभिवृद्धि कर हटाउने निर्णय वजेटका सकारात्मक पक्ष भएको महासङ्घले जनाएको छ ।

कोभिडबाट बढी प्रभावित २९ लाख लघु, घरेलु एवम् साना व्यवसायीको नविकरण शुल्क मिनाहदेखि आयकरमा समेत छुट दिनु राम्रो पक्ष भएको बताइएको छ । महासङ्घले आगामी आवका लागि नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीतिले पनि बजेटमा भएका व्यवस्थालाई थप सहजीकरण गरी कोभिड–१९ ले सबै प्रकारका उद्योग व्यवसायलाई सम्बोधन गर्नुपर्ने माग समेत गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस