२४ घण्टामा १५६ उडान, ३८२ यात्रुको उद्धार, तिब्बतबाट थप दुई डोज खोप आउँदै « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२४ घण्टामा १५६ उडान, ३८२ यात्रुको उद्धार, तिब्बतबाट थप दुई डोज खोप आउँदै


१७ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा विभिन्न विमानस्थलबाट एक सय ५६ आन्तरिक उडान भएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका साथै पोखरा, नेपालगञ्‍ज र लुक्ला विमानस्थलबाट विभिन्न वायुसेवाले एक सय ५६ आन्तरिक उडान भरी तीन सय ८२ यात्रुको उद्धार गरिएको र कुल उडानमध्ये मेडिकल उद्धारको उडान सङ्ख्या ५५ रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

यसैगरी चिनियाँ सरकारले नेपाललाई प्रदान गर्ने १० लाख डोज खोपमध्ये चीनको स्वायत्त क्षेत्र तिब्बत सरकारले प्रदान गर्ने २ लाख डोज खोपमध्ये पहिलो लटको अनुमानित १ लाख डोज खोप हिमालयन एयरलाइन्सको चार्टर्ड विमानमार्फत आउने भएको छ ।

दुई चार्टर्ड विमानमार्फत आउने उक्त खोप जुन १ मा पहिलो र दोस्रो लटको अनुमानित १ लाख डोज खोप हिमालयन एयरलाइन्सकै चार्टर्ड विमानहरूबाट जुन २ मा काठमाडौँ आइपुग्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका प्रवक्ता किरण राज शर्माले जनाएका छन् ।

चीन सरकारद्वारा अनुदान प्राप्त खोप मध्येको आठ लाख डोज खोप लिन नेपाल वायुसेवा निगमको काठमाडौँ–बेईजिङ्ग–काठमाडौँ मेडिकल कार्गो उडान आज राति ११ बजे बेईजिङ्ग प्रस्थान गरी भोलि दिनको २ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दै छ ।

Tags :
प्रतिक्रिया दिनुहोस