४० माइक्रोनभन्दा पातलो प्लास्टिकमा रोक « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

४० माइक्रोनभन्दा पातलो प्लास्टिकमा रोक


१७ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । नेपाल सरकारले साउन १ गतेदेखि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको झोलामा प्रतिबन्ध लगाएको छ ।

प्लास्टिकजन्य पदार्थबाट हुने वातावरणीय प्रदूषण न्यूनीकरण गर्न ४० माइक्रोनभन्दा पातलो प्लास्टिकको उत्पादन, आयात, बिक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको वातावरण विभागले जनाएको छ । यसअघि काठमाडौँ उपत्यकाको हकमा ४० माइक्रोनभन्दा कम र उपत्यकाभन्दा बाहिरको हकमा ३० माइक्रोनभन्दा पातलो प्लास्टिक प्रयोगमा प्रतिबन्ध लगाइएको थियो तर उपत्यकामै पनि ४० माइक्रोनभन्दा पातलो प्लास्टिकहरूको उत्पादन र प्रयोग भइरहेको पाइएपछि आयात र उत्पादनमै प्रतिबन्ध लगाइएको विभागले जनाएको छ ।

साथै ४० माइक्रोन भन्दा पातलो प्लाष्टिक झोला वा सिट उत्पादन गर्ने उद्योगले पुरानो मेसिनको पाटपूर्जा प्रतिस्थापन गरी नयाँ जडान गरेमा हुने थप लगानी वरावरको रकम पुँजीगत अनुदान उपलब्ध गराइने व्यवस्था समेत भएको महानिर्देशक मुकुन्द प्रसाद निरौला जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस