भोलिबाट खुल्ने भनिएको तीन मुलुकका हवाइ उडान अनिश्चित « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

भोलिबाट खुल्ने भनिएको तीन मुलुकका हवाइ उडान अनिश्चित


१७ जेष्ठ २०७८, सोमबार


उडान रद्द

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले एक साता अगाडि मन्त्रिपरिषद्बारा १८ जेठबाट तीन मुलुकका लागि नियमित हवाइ उडान खुलेको बताएका थिए ।

तर, सो निर्णय कार्यान्वयन गराउने निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणमा अहिलेसम्म पुगेको छैन । जसले गर्दा तत्काल नियमित हवाई उडान नहुने निश्चित भएको छ ।

जेठ १४ मा मन्त्री ढकालले मन्त्रिपरिषद् बैठकबाट चीन, कतार र टर्कीमा नियमित उडान खुल्ने निर्णय भएको सार्वजनिक गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस