सुनचाँदीको मूल्य वृद्धि « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सुनचाँदीको मूल्य वृद्धि


प्रशासन संवाददाता

१७ जेष्ठ २०७८, सोमबार


काठमाडौँ । सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । सुन तोलामा दुईसय रुपैयाँले बढेको छ भने चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावाल सुनको मूल्य ९४ हजार दुईसय कायम गरेको छ । आइतबार तोलाको ९४ हजार कायम गरिएको थियो ।

यस्तै तेजावी सुनको मूल्य पनि बढेर ९३ हजार ७ सय पुगेको छ । चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेर १३ सय ६० पुगेको महासंघले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस