लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान


१७ जेष्ठ २०७८, सोमबार


रुपन्देही । लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशन आह्वान गरिएको छ ।

प्रदेश प्रमुख धर्मनाथ यादवले यही जेठ १९ गते बुधबार दिउँसो १ बजे प्रदेशसभा बैठक आह्वान गरेको प्रदेशसभा सचिव दुर्लभकुमार पुनमगरले जानकारी दिए ।

प्रदेश सरकारले बजेटको तयारी गरिरहेका कारण प्रदेशसभामा बजेट पेस गर्नुपर्ने भएकाले अधिवेशन आह्वान गरिएको बुझिएको छ ।

पछिल्लोपटक मुख्यमन्त्रीमा शंकर पोखरेलको पुनः नियुक्तिसँगै उनको सिफारिसमा विशेष अधिवेशन अन्त्य गरिएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस