अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा कम्तीमा दुई व्यक्तिको मृत्यु, २० भन्दा बढी घाइते « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

अमेरिकाको फ्लोरिडा राज्यमा गोली चल्दा कम्तीमा दुई व्यक्तिको मृत्यु, २० भन्दा बढी घाइते


१७ जेष्ठ २०७८, सोमबार


फ्लोरिडा । फ्लोरिडाको मियामीमा आइतबार बिहान गोली चल्दा दुई व्यक्तिको मृत्यु भएको छ धने २० भन्दा बढी घाइते भएका छन् ।

स्थानीय प्रहरीका अनुसार स्पोर्ट कारमा आएका तीन व्यक्तिले कारबाट बाहिर निस्केरे भीडमा अन्धाधुन्ध गोली हानेका थिए । आइतवार बिहानमा एल मुला बैंक्वेट हलको बाहिरपट्टी भएको गोली चलाइएको थियो ।

मियामीको डेड प्रहरी विभागका निर्देशक अल्फ्रेडो ‘फ्रेडी’ रामिरेज तृतीयले ट्वीट गरेका छन् । शनिबार, मियामीको एक पर्यटकीय क्षेत्र नजिकै बन्दुकधारीले गोली चलाउँदा कम्तिमा सात व्यक्ति घाइते भएका थिए ।

बन्दुक हिंसाको कारण अमेरिकामा वार्षिक रूपमा सयौँको मृत्यु र हजारौं घाइते हुने गरेका छन् ।

हालै अमेरिकामा गोली हानी नागरिकको हत्या गर्ने क्रम व्यापक बनेपछि राष्ट्रपति जो बाइडेनले गत महिना सम्बोधन गर्दै यस्ता आक्रमणकारी राष्ट्रको कलङ्क भएको बताएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस