खोप सहायता उपलब्ध गराउन अनुरोध गर्दै बेलायती महारानीलाई राष्ट्रपति भण्डारीद्वारा पत्राचार « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

खोप सहायता उपलब्ध गराउन अनुरोध गर्दै बेलायती महारानीलाई राष्ट्रपति भण्डारीद्वारा पत्राचार


१६ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड-१९ विरुद्धको खोप सहायता उपलब्ध गराउन अनुरोध गर्दै बेलायती महारानी एलिजाबेथ द्धितियालाई पत्राचार गरेकी छिन् ।

लन्डन दूतावासका अनुसार राष्ट्रपतिको पत्र आइतबार बेलायती विदेश मन्त्रालयमा बुझाइएको छ ।

राष्ट्रपतिले आइतबारै रुसी समकक्षी भ्लाडिमिर पुटिनलाई पनि पत्राचार गरेकी छिन् ।

अमेरिकी समकक्षी जो बाइडेन र भारतीय समकक्षी रामनाथ कोविन्दलाई पनि पत्र लेखेकी छिन् ।

Tags :
प्रतिक्रिया दिनुहोस