कर्णाली प्रदेशमा बजेट अधिवेशन बोलाउन एमालेको माग « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

कर्णाली प्रदेशमा बजेट अधिवेशन बोलाउन एमालेको माग


१६ जेष्ठ २०७८, आइतबार


 

सुर्खेत । नेकपा(एमाले) प्रदेश संसदीय दलले तत्काल बजेट अधिवेशन बोलाउन कर्णाली प्रदेश सरकारसँग माग गरेको छ।

आइतबार बसेको संसदीय दलको बैठकले संसद् अधिवेशन बोलाउन माग गरेको दलका नेता यामलाल कँडेलले जनाएका छन् ।

‘प्रदेश सरकारले असार १ गतेभित्र बजेट ल्याइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।

बजेटका सम्बन्धमा आवश्यक छलफल गर्न पर्याप्त समयको व्यवस्था गर्ने गरी यथा सक्दो छिटो संसद्को अधिवेशन आह्वान गर्न कर्णाली प्रदेश सरकारको गम्भीर ध्यानाकर्षण गरिएको कँडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस