बाग्मती प्रदेशसभाको आठौं अधिवेशन शुरु « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बाग्मती प्रदेशसभाको आठौं अधिवेशन शुरु


१६ जेष्ठ २०७८, आइतबार


मकवानपुर । बाग्मती प्रदेशसभाको आठौं अधिवेशन आजदेखि शुरु भएको छ ।

स्वास्थ्य सुरक्षाको लागि प्रदेशसभा सदस्य, कर्मचारी, सुरक्षाकर्मी तथा पत्रकारहरुको एन्टिजेन्ट परीक्षण गरेपछि मात्र बैठक शुरु गरिएको थियो ।

आजको बैठकमा हालै मुख्यमन्त्री डोरमणि पौडेलले पुनर्गठन गरेको मन्त्रिपरिषदबारे प्रदेश प्रमुखको पत्र सभामुख सानुकुमार श्रेष्ठले पढेर सुनाए ।

गत वैशाखमा निधन भएका प्रदेशसभा सदस्य पशुपति चौलागाईंको स्मरणमा मौनधारण गरेपछि सभामुखले भोलि जेठ १७ गते बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस