चीन सरकारले पठाएको स्वास्थ्य सामग्री तातोपानी नाकामा नेपाललाई हस्तान्तरण « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

चीन सरकारले पठाएको स्वास्थ्य सामग्री तातोपानी नाकामा नेपाललाई हस्तान्तरण


१६ जेष्ठ २०७८, आइतबार


काठमाडौँ । चीनले कोरोना महामारीसँग लड्नका लागि सहयोग स्वरुप पठाएका स्वास्थ्य सामग्री आज तातोपानी नाकामा नेपाललाई हस्तान्तरण गरिएको छ ।

चीन सरकारले ५० लाख आरएमबी अतिरिक्त अनुदानअन्तर्गत उपलब्ध गराएको ४० थान पोर्टेबल भेन्टिलेटर, २० थान अटोमेटेड एलाइजर, १० थान डीआर मेसिन, २० थान पोर्टेबल अल्ट्रासाउण्ड र ३० थान एथेन्सिया मेसिनलगायतका स्वास्थ्य सामग्री नेपाललाई हस्तान्तरण गरेको हो ।

चीन सरकारले अतिरिक्त अनुदान अन्तर्गत उपलब्ध गराएको ३५ सय अक्सिजन सिलिण्डरमध्ये १५ सय सोमबार केरुङ नाकामा नेपाललाई हस्तान्तरण गरिने भएको छ ।

त्यस्तै तिब्बत सरकारले पठाएको स्वास्थ्य सामग्रीहरुमा ८०० अक्सिजन सिलिण्डर, २०० आईसीयू बेड, ५ थान भेन्टिलेटर, १० कन्सन्ट्रेटर, १५ हजार एन्टिजेन किटलगायत रहेका छन् ।

यसैगरी चीन सरकारले नेपाललाई प्रदान गर्ने १० लाख डोज कोरोनाविरुद्धको खोपमध्ये ८ लाख डोज खोप ल्याउन नेपाल वायुसेवा निगमको चार्टर्ड विमान सोमबार राति बेइजिङ जाने भएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस