संसद विघटनको मुद्दा आइतबारका लागि सकियो « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

संसद विघटनको मुद्दा आइतबारका लागि सकियो


१६ जेष्ठ २०७८, आइतबार


High Court_Sarbocha adalat

काठमाडौँ । संसद विघटनसम्बन्धी मुद्दामा आइतबारका लागि बहस सकिएको छ । रिट निवेदक पक्ष र सरकारी वकिलहरुले आइतबार संवैधानिक इजलासका न्यायाधीशमाथि उठेको प्रश्नबारे बहस गरे ।

आज यस विषयमा दुबै विषयका दुबै तर्फको बहस सकिएको हो। तर मुद्दाको तथ्यमा छलफलनै नभएकाले हेर्दाहेर्दैमा राखिएको छ ।

नेकपा विभाजनसम्बन्धी मुद्दाको सुनुवाइ गर्ने इजलासमा रहेका कारण अहिले संसद विघटनको मुद्दा हेर्न नहुने रिट निवेदक पक्षका वकिलले बताएका छन् । तर सरकारी वकिलले त्यसको प्रतिवाद गरेका छन् ।

संसद विघटनसम्बन्धी मुद्दाको सुनुवाईका लागि तोकिएको संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, डा। आनन्दमोहन भट्टराई, तेजबहादुर केसी र बमुकुमार श्रेष्ठ रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस