सरकारी स्वामित्वका बन्द उद्योगहरूलाई निजी क्षेत्रसँग सहकार्य गरेर सञ्चालन गरिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सरकारी स्वामित्वका बन्द उद्योगहरूलाई निजी क्षेत्रसँग सहकार्य गरेर सञ्चालन गरिने


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । सरकारले बन्द रहेका तथा कमजोर क्षमतामा सञ्चालनमा रहेका सरकारी लगानीको उद्योग तथा संस्थान निजी क्षेत्रसँग सहकार्य गरेर सञ्चालन गर्ने भएको छ ।

आगामी आर्थिक वर्ष २०७८-०७९ को बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कृषि औजार कारखाना, बुटवल धागो कारखाना, गोरखकाली टायर, वीरगन्ज चिनी कारखाना र हेटौँडा कपडा उद्योगलाई सरकारको सरकार निजी क्षेत्रको साझेदारीमा सञ्चालन गर्न प्रस्ताव आह्वान गरिने बताएका हुन् ।

ती उद्योग सञ्चालन गर्दा उद्योगको जग्गा र अन्य पूर्वाधारलाई सरकारको लगानीको रूपमा गणना गर्ने र बाँकी लगानीका लागि निजी क्षेत्रलाई आग्रह गर्ने पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस