पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बीमा, सरकारी अस्पतालमा निःशुल्क उपचार « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

पत्रकारलाई ७ लाखसम्मको दुर्घटना बीमा, सरकारी अस्पतालमा निःशुल्क उपचार


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । सरकारले पत्रकारलाई सरकारी अस्पतालमा निःशुल्क उपचार दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले नेपाल पत्रकार महासङ्घको सदस्य रहेका पत्रकारलाई सरकारी स्वास्थ्य संस्थामा निःशुल्क उपचारको व्यवस्था गर्ने घोषणा गरेका हुन् ।

पौडेलले श्रमजीवी पत्रकारका लागि ७ लाख सम्मको दुर्घटना बीमा गरी प्रिमियमका ५० प्रतिशत रकम बेहोर्ने व्यवस्था मिलाएको बताएका छन् ।

त्यस्तै, पत्रकारको क्षमता विकासका लागि आगामी वर्ष आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन गरिने सरकारले जनाएको छ । सोहीअनुसार नेपाल पत्रकार महासङ्घको कार्यालय परिसर सञ्चार ग्राममा प्रेस सङ्ग्रहालय निर्माण गर्ने लक्ष्य सरकारले लिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस