‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गरिने « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गरिने


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । सरकारले आगामी वर्षमा स्वदेशी वस्तुको उत्पादन र प्रयोगलाई महत्त्व दिने भएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८-०७९को बजेट सार्वजनिक गर्दै स्वदेशी उत्पादनलाई महत्त्व दिनका लागि ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गर्ने जानकारी दिए ।

अर्थमन्त्री पौडेलले भने –’स्वदेशी वस्तुको बृहत् उत्पादन, बजारीकरण, प्रयोग एवं निकासी प्रवर्द्धनका लागि निजी क्षेत्रसँग सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ अभियान सञ्चालन गरिनेछ’

यो अभियानका लागि व्यावसायिक वातावरण सिर्जना गरी नेपाललाई आकर्षक एवं सुरक्षित लगानी गन्तव्यको रूपमा विकास गर्ने पौडेलेको भनाई छ ।

‘लगानीमैत्री उद्योग प्रशासन, सहुलियतपूर्ण व्यापार, संरक्षणयुक्त कर प्रणाली, असल श्रम सम्बन्ध एवं आधुनिक पूर्वाधार विकास गरी औद्योगिकीकरणको प्रक्रियालाई तीव्र बनाइनेछ’ मन्त्री पौडेलले भने, ‘सिमेन्ट, औषधि, जुत्ता, फलामे डन्डी लगायतका उत्पादनमा आत्मनिर्भर हुँदै निकासी गरिनेछ।’

Tags :
प्रतिक्रिया दिनुहोस