२०८८ सम्म पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विद्युतीय सवारीले विस्थापन गरिने « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

२०८८ सम्म पेट्रोलियम पदार्थबाट चल्ने गाडीलाई विद्युतीय सवारीले विस्थापन गरिने


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । सरकारले २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारी साधनले विस्थापन गर्ने नीति लिएको छ ।

अर्थमन्त्री विष्णु पौडेलले शनिवार आर्थिक वर्ष २०७८–०७९ को बजेट प्रस्तुत गर्दै २०८८ सालसम्म पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्थापन गर्ने नीति लिएको बताएका छन् । त्यसका लागि अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गर्ने पनि पौडेलको भनाई छ ।

सरकारले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनलाई विद्युतीय सवारीले विस्तार गर्न चाहेमा ५ वर्षसम्म नवीकरण शुल्क र सडक दस्तुरमा छुट दिने पनि मन्त्री पौडेलले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस