२० युनिटसम्म विद्युत् खपत गर्नेलाई निषेधाज्ञामा शत प्रतिशत छुट « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

२० युनिटसम्म विद्युत् खपत गर्नेलाई निषेधाज्ञामा शत प्रतिशत छुट


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । सरकारले निषेधाज्ञा अवधिभर घरेलु तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत छुटको व्यवस्था गरेको छ । मासिक १५० युनिटसम्म खपत गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था गरेको छ ।

अर्थमन्त्री विष्णु पौडेलले बजेट भाषण वाचन गर्दै निषेधाज्ञा अवधिभर खाद्य व्यवस्था तथा व्यापार कम्पनी तथा साल्ट ट्रेडिङ कम्पनीबाट बिक्री हुने चामल, पिठो, दाल, नुन, खाने तेल, चिनी तथा खाना पकाउने ग्यासको बिक्री मूल्यमा २० प्रतिशत छुट दिलाउने व्यवस्था मिलाएको पनि जानकारी दिए ।

त्यस्तै, निषेधाज्ञामा साझेदारी, सहकारी तथा सबै प्रकारका खानेपानी तथा सिँचाइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल पुरै छुट दिने व्यवस्था मिलाइएको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस