जसपाका यादव पक्षद्वारा महन्थ ठाकुर सहित चार नेतासँग २४ घण्टे स्पष्टीकरण माग « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

जसपाका यादव पक्षद्वारा महन्थ ठाकुर सहित चार नेतासँग २४ घण्टे स्पष्टीकरण माग


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले महन्थ ठाकुर सहित चार नेतालाई २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

अध्यक्ष ठाकुर नेताहरु राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले पत्र काटेका छन् ।

पार्टीले सोधेको स्पष्टीकरणको जवाफ नदिएको भन्दै उपेन्द्र यादव पक्षले दोस्रोपटक स्पष्टीकरण सोधेको हो। यसअघि जेठ ८ गते सोधेको स्पष्टीकरणको जवाफ नआएको भन्दै स्पष्टीकरण नदिए राजनीतिक दलसम्बन्धी ऐन र जनता समाजवादी पार्टीको विधान अनुसार कारबाही गर्ने पत्रमा उल्लेख गरिएको छ ।

दोस्रो पत्र प्राप्त भएको मितिले २४ घण्टाभित्र चित्त बुझ्दो स्पष्टीकरण बुझाउन भनिएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीद्वारा हस्ताक्षरित पत्रमा जवाफ नदिए पार्टीबाट निष्कासनको कारवाही गर्ने चेतावनी दिइएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस