भेरी अस्पतालमा खटाइयो २५ सुरक्षाकर्मी « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

भेरी अस्पतालमा खटाइयो २५ सुरक्षाकर्मी


१५ जेष्ठ २०७८, शनिबार


नेपालगन्ज । भेरी अस्पतालका चिकित्सक र नर्सहरूमाथि हातपात, कुटपिट तथा दुर्व्यवहार हुन थालेपछिसुरक्षाका लागि अस्पतालमा २५ जना सुरक्षाकर्मीलाई पठाइएको गरिएको छ ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालका अनुसार स्वास्थ्यकर्मीको सुरक्षाको प्रबन्ध मिलाउने भनी आन्दोलनरत स्वास्थ्यकर्मीहरूसँग सहमति भए अनुसार शनिवारदेखि भेरी अस्पतालमा सईको नेतृत्वमा २५ जना सुरक्षाकर्मीलाई खटाइएको हो ।

प्रहरी टोलीले अस्पतालको आपताकालीन कक्षदेखि कोभिड वार्ड र अन्य विभिन्न वार्डमा समेत सुरक्षा दिनेछ ।

अस्पतालमा बिहीबार राती नर्स र चिकित्सकमाथि भएको कुटपिट र आक्रमण बारे जानकारी लिन लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी रवीन्द्र धानुकले अस्पतालमा सुरक्षाकर्मी तैनाथ गर्ने प्रतिबद्धता जनाएका थिए ।

बिहीबार राती दाङ तुलसीपुरका कोरोना सङ्क्रमित डिल्ली रावतको उपचारका क्रममा भेरी अस्पतालमा निधन भएपछि उनका आफन्तले अस्पतालमा तोडफोड गर्नुका साथै नर्स र चिकित्सकमाथि साङ्घातिक आक्रमण गरेर कुटपिट गरेका थिए भने ज्यान जोगाउन भागेका स्वास्थ्यकर्मीले अस्पतालको माथिल्लो तलाबाट हाम्फालेर ज्यान जोगाएका थिए ।

सो घट्नाको विरोधमा शुक्रवार दिनभरि अस्पतालमा आन्दोलन गर्नुका साथै देशभरि विरोध भएपछि घट्नामा संलग्नलाई पक्राउ गरेर ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको छ

Tags :
प्रतिक्रिया दिनुहोस