गणतन्त्रको संस्थागत विकासका लागि सुदृढ राष्ट्रिय एकता जरुरी : सापकोटा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

गणतन्त्रको संस्थागत विकासका लागि सुदृढ राष्ट्रिय एकता जरुरी : सापकोटा


१५ जेष्ठ २०७८, शनिबार


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले गणतन्त्रको संस्थागत विकासका लागि सुदृढ राष्ट्रिय एकता जरुरी भएको बताएका छन् । १४ औँ गणतन्त्र दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै उनले संविधान अनुरूप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्नेगरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने बताए ।

उनले भनेका छन्, ‘हामी एकातिर गणतन्त्र र संविधानमाथि आइपरेको संकट र अर्कोतिर कोभिड–१९ महामारीबाट आक्रान्त छौं । यस विषम परिस्थितिमा अझ जिम्मेवारीबोधका साथ अगाडि बढ्नु पर्ने आवश्यकता पैदा भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका लागि अझ सुदृढ राष्ट्रिय एकता जरुरी भएको छ । संविधान अनुरुप राज्य संयन्त्रमा भएका परिवर्तन सबै जनताले अनुभूत गर्न सक्ने गरी कार्यान्वयन भए मात्र यसको औचित्य स्थापित हुने छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस