बनेपा र पनौती नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग « प्रशासन
prasaLogo
१५ जेष्ठ २०७८, शनिबार

बनेपा र पनौती नगरपालिकालाई स्वास्थ्य सामग्री सहयोग


प्रकाशित मिति : 29 May, 2021 7:31 am

बनेपा । काभ्रेपलाञ्चोकको बनेपा र पनौती नगरपालिकालाई प्रारम्भ सामाजिक संस्था र आनी छोइङ्ग डोल्मा फाउण्डेशनले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

कोरोना भाइरसको दोस्रो लहरका कारण सङ्क्रमण, रोकथाम र नियन्त्रणमा खटिरहेका स्थानीय तहको अभियानमा साथ दिन नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको समन्वयमा संस्थाका प्रतिनिधिको उपस्थितिमा सो सामग्री हस्तान्तरण गरिएको हो ।

गायिका आनी छोइङ्ग डोल्मा र सिङ्गापुर रेडक्रसका नेपाल प्रतिनिधि कल्पना क्षेत्री, नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष इश्वरी ओझा र पत्रकार महासंघ काभ्रका अध्यक्ष बद्रिराज तिमल्सिनाले २÷२ थान अक्सिजन कन्सनट्रेटर, २०÷२० थान पिपिइ र ५÷५ थान अक्सिमिटर बनेपाका प्रमुख कार्यकारी अधिकृत कविराज उप्रेती तथा पनौतीका प्रमुख कार्यकारी अधिकृत इन्द्रप्रसाद अधिकारीलाई प्रदान गरे ।

सो संस्थाले धुलिखेल र पाँचखाल नगरपालिकालाई अक्सिजन कन्सनट्रेटर दुई÷दुई थान, पिपिइ २०÷२० थान, पल्स अक्सिमिटर पाँच÷पाँच थान प्रदान गरिसकेको छ । महासंघ काभ्रेका अध्यक्ष तिमल्सिनाले स्थानीय सरकारले सङ्क्रमण रोकथाम र नियन्त्रण गरिरहेको काममा सहयोग पुरयाउन समन्वय गरेको बताए।

अहिले ति नगरपालिकाहरुले सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि नगरपालिका क्षेत्र नै शिल गरी वडाका विभिन्न क्षेत्रमा लक्षण देखिनेहरुको स्वाव परीक्षण गरी आवश्यक औषधि उपचार तथा अन्य व्यवस्थापनको काममा लागिरहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस