स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

स्वास्थ्य मन्त्रालयको प्रवक्तामा डा. कृष्ण पौडेल


१४ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रवक्तामा डा. कृष्णप्रसाद पौडेल नियुक्त भएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक समेत रहेका डा. पौडेललाई मन्त्रालयको प्रवक्ताको जिम्मेवारी दिएको हो । उनले आजैदेखि प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन्।

यसअघि मन्त्रालयको प्रवक्ता रहेका डा जागेश्वर गौतम कोभिड-१९ केन्द्रीय युनिफाइड अस्पतालको प्रमुख कार्यकारी अधिकारी भएपछि मन्त्रालयको प्रवक्ताको पद खाली थियो।

Tags :
प्रतिक्रिया दिनुहोस