सुनको मूल्य ४०० रुपैयाँले घट्यो, तोलाको कति ? « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सुनको मूल्य ४०० रुपैयाँले घट्यो, तोलाको कति ?


१४ जेष्ठ २०७८, शुक्रबार


सुन

काठमाडौँ । नेपाली बजारमा शुक्रबार सुनको मूल्‍य तोलामा ४ सय रुपैयाँले घटेको

हिजो बिहिबार प्रतितोला ७ सय रुपैँयाले बढेर ९४ हजार २ सयमा कारोबार भएको सुनको मुल्य आज ४ सय रुपैँयाले घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

बिहीबार ९४ हजार दुई सय रुपैयाँ प्रतितोलामा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार ९३ हजार ८ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

आजका लागि तेजावी सुनको प्रतितोल मूल्‍य ९३ हजार ३ सय रुपैयाँ तोकिएको छ ।

पछिल्लो तीन दिनदेखि चाँदीको मूल्‍य भने स्थिर छ । चाँदीको बजार खरिद बिक्री मूल्य प्रतितोला एक हजार ३५० रुपैयाँ छ ।

Tags :
प्रतिक्रिया दिनुहोस