बेलायत सरकारले दिएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

बेलायत सरकारले दिएको स्वास्थ्य सामग्री काठमाडौँ आइपुग्यो


१४ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । बेलायत सरकारले नेपाललाई सहयोग गरेका स्वास्थ्य सामग्रीहरू काठमाडौँ आइपुगेको छ ।

२६० भेन्टिलेटर, १९ हजार २ सय थान फेससिल्ड लगायतका स्वास्थ्य सामग्री शुक्रवार बिहान चार्टर्ड उडानबाट काठमाडौँ ल्याइएको हो ।

ती सामग्रीहरू शुक्रवार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले स्वास्थ्य मन्त्री हृदयेश त्रिपाठीलाई हस्तान्तरण गरेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

सोही उडानबाट च्यारिटी संस्था नेपाल मेड युकेले प्रदान गरेको अक्सिजन कन्सन्ट्रेटर पनि ल्याइएको विज्ञप्तिमा उल्लेख छ ।

Tags :
प्रतिक्रिया दिनुहोस