चिकित्सकलाई कुटपिटको घटना छानबिन गर्न सहायक सिडिओको नेतृत्वमा समिति गठन « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

चिकित्सकलाई कुटपिटको घटना छानबिन गर्न सहायक सिडिओको नेतृत्वमा समिति गठन


१४ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । बिहीबार राति भेरी अस्पतालमा चिकित्सकमाथि भएको कुटपिटको घटना छानबिन गर्न बाँकेका सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा समिति गठन भएको छ । शुक्रवार बसेको सरोकारवाला निकायको बैठकले सहायक प्रजिअ शङ्कर बहादुर विष्टको अध्यक्षतामा सात सदस्यीय समिति गठन गरिएको प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले जानकारी दिएका छन् ।

समितिमा चिकित्सक सङ्घ, नर्सिङ सङ्घ, अस्पताल प्रशासन र जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधिसमेत राखिएको छ । समितिले आजैबाट काम थाल्ने र ३ दिनभित्र घटनाको सत्य तथ्य पत्ता लगाएर प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

समितिमा मेडिकल एसोसिएसनको तर्फबाट विनोद कर्ण, अस्पताल व्यवस्थापन समितिको तर्फबाट कृष्णप्रसाद श्रेष्ठ, नर्सिङ एसोसिएसनको तर्फबाट लक्ष्मी ओली सहित जिल्ला सरकारी वकिलको कार्यालयका प्रतिनिधि र अस्पतालका चिकित्सक रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस