भेरी अस्पतालको घटनाका दोषीलाई कारबाही हुन्छः शङ्कर पोखरेल « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

भेरी अस्पतालको घटनाका दोषीलाई कारबाही हुन्छः शङ्कर पोखरेल


१४ जेष्ठ २०७८, शुक्रबार


Shankar pokhrel

काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले भेरी अस्पताल घटनाका दोषीलाई कारबाही हुने बताएका छन् ।

उनले घटनाको निष्पक्ष छानबिन गरिनेसमेत प्रतिबद्धता जनाएका छन् ।

मुख्यमन्त्री पोखरेलले सामाजिक सञ्जालमार्फत भनेका छन् बाँकेको भेरी अस्पतालमा घटेको दुःखद घटनाका सन्दर्भमा गम्भीर ध्यानाकर्षण भएको छ । निष्पक्ष छानविनगरी दोषीमाथि कारबाही हुनेछ ।

कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि भेरी अस्पतालमा मृतकका आफन्तले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस