बानका अध्यक्ष न्यौपानेको कोरोना सङ्क्रमणबाट निधन « प्रशासन
prasaLogo
१४ जेष्ठ २०७८, शुक्रबार

बानका अध्यक्ष न्यौपानेको कोरोना सङ्क्रमणबाट निधन


प्रकाशित मिति : 28 May, 2021 11:33 am

इनरुवा । रेडियो सञ्चालकहरुको सङ्गठन ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल (बान) का अध्यक्ष चन्द्र न्यौपानेको शुक्रवार बिहान निधन भएको छ । कोरोना सङ्क्रमणका कारण उनको ५० वर्षको उमेरमा निधन भएको हो ।

न्यौपानेको विराट मेडिकल कलेजमा उपचार भइरहेकोमा शुक्रबार मृत्यु भएको नेपाल पत्रकार महासंघ सुनसरीका अध्यक्ष जनकऋषि राइले जानकारी दिए । न्यौपाने इटहरीको सप्तकोसी एफएमका स्टेशन म्यानेजर र विज्ञापन बोर्डका सदस्य समेत थिए ।

कोरोना सङक्रमण पुष्टि भएपछि न्यौपानेलाई वैशाख २८ गते बेलुका विराटमा भर्ना गरिएका थियो । अवस्था जटिल भएपछि भेण्टिलेटरमा राखेर उनको उपचार गरिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस