काठमाडौँ महानगरपालिकाले समुदायस्तरमा एन्टिजिन टेस्ट गर्दै « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

काठमाडौँ महानगरपालिकाले समुदायस्तरमा एन्टिजिन टेस्ट गर्दै


१४ जेष्ठ २०७८, शुक्रबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि समुदायस्तरमा एन्टिजिन टेस्ट गर्ने भएको छ । कोरोना भाइरस महामारीको बढ्दो संक्रमणको अवस्था बुझ्न महानगरपालिकाले नगर क्षेत्रभित्रका विभिन्न ठाउँमा एन्टिजिन परीक्षण गर्न लागेको हो ।

११ जेठमा विभिन्न परीक्षण केन्द्रहरु सार्वजनिक गर्दै महानगरले आज (शुक्रबार)देखि बृहद् रुपमा कोरोना परीक्षण गर्न लागेको हो ।

जेठ १८ गतेसम्म चल्ने एन्टिजिन परीक्षणमा कोभिड बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका, अग्रपंक्तिमा काम गर्ने व्यक्ति, कोभिडका लक्षण देखिएका तर परीक्षण नगरेका लगायतलाई समेट्ने तयारी गरिएको छ ।

अबको ५ दिन निम्न स्थानमा एन्टिजिन परीक्षण सञ्चालन हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस