निषेधाज्ञा अवधिमा दैनिक उपभोग्य वस्तुको आफूखुशी मूल्यवृद्धि गरे कारवाही « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

निषेधाज्ञा अवधिमा दैनिक उपभोग्य वस्तुको आफूखुशी मूल्यवृद्धि गरे कारवाही


१४ जेष्ठ २०७८, शुक्रबार


डोटी । जिल्लामा आफूखुशी मूल्यवृद्धि गरी दैनिक उपभोग्य वस्तु बिक्री वितरण गर्ने व्यपारीलाई उद्योग वाणिज्य सङ्घले कारवाही गर्ने भएको छ ।

कोरोना सङ्क्रमणको रोकथाम तथा नियन्त्रणका लागि जिल्लामा गरिएको निषेधाज्ञाका कारण यहाँका व्यपारीले आफूखुशी दैनिक उपभोग्य वस्तुमा चर्को मूल्यवृद्धि गर्दै आएका छन् ।

उद्योग वाणिज्य सङ्घले आज एक विज्ञप्ति जारी गरी कोरोना महामारीका कारण जारी निषेधाज्ञाको मौका छोपी व्यापारीले आफूखुशी मूल्यवृद्धि गरेको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सङ्घका महासचिव दीपकबहादुर खड्काद्वारा जारी विज्ञप्तिमा विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा व्यवसायीले आफूखुशी चर्को मूल्य लिँदै आएको भन्ने खबरप्रति सङ्घको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

महामारीको विषम परिस्थितिमा समस्याको फाइदा उठाउँदै कृत्रिम अभाव सिर्जना गर्ने, चर्को मूल्य असुल गर्ने, कालोबजारी गर्नेलगायत गरे कारबाही गर्ने सङ्घले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस