लमजुङमा आइतबार र बिहीबार दुई घण्टामात्र बैंक खुल्ने « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

लमजुङमा आइतबार र बिहीबार दुई घण्टामात्र बैंक खुल्ने


१४ जेष्ठ २०७८, शुक्रबार


लमजुङ । लमजुङ जिल्लामा अबदेखि हप्ताको दुई दिन आइतबार र बिहीबार दुई/दुई घण्टा मात्र बैंक खुल्ने भएको छ । जिल्लामा कोरोना सङ्क्रमणको जोखिम उच्च हुनुका साथै सङ्क्रमण फैलिन थालेको भन्दै आगामी बिहीबारदेखि लागू हुने भएको हो ।

विश्व महामारीका रूपमा फैलिरहेको नयाँ भेरिएन्टसहितको कोभिड–१९ सङ्क्रमण हालका दिनमा तीव्ररूपमा फैलिरहेको अवस्थालाई गम्भीरतापूर्वक लिँदै लमजुङमा हुनसक्ने सङ्क्रमणलाई रोक्न जिल्लामा दुई दिन आइतबार र बिहीबार दुई/दुई घण्टामात्रै बैंक खोल्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी होमप्रसाद लुइँटेलले बताए ।

हालसम्म ५६७ कोरोना सङ्क्रमित रहेका छन् । त्यस्तै आठ जनाको मृत्यु भइसकेको बताइएको छ । निषेधाज्ञामा अनावश्यक हिँड्डुल गर्नेलाई यही सोमबारदेखि प्रहरीले नियत्रन्त्रमा लिँदै पहिलोपटक सम्झाइबुझाइ छाडिदिने गरेको प्रजिअ शर्माले बताए।

Tags :
प्रतिक्रिया दिनुहोस