१० वर्षीया बालिका आफन्तबाट बलात्कृत, एक पक्राउ « प्रशासन
Logo २ जेष्ठ २०७९, सोमबार
   

१० वर्षीया बालिका आफन्तबाट बलात्कृत, एक पक्राउ


१३ जेष्ठ २०७८, बिहिबार


तम्घास । आफ्नै दाईको छोरी बलात्कार गरेको अभियोगमा एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ । गुल्मीको रुरुक्षेत्र गाउँपालिका –२ का १९ वर्षीया पुरुष पक्राउ परेका हुन् ।

मङ्गलबार १० वर्षीया बालिकालाई लुकामारी खेल्न जाउँ भन्दै नजिकैको सार्वजनिक जङ्गलमा लगेर करणी गरेको अभियोगमा युवकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

पीडित बालिकाकी आमाले घटनाको दुई दिनपछि आज प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना बाहिर आएको हो । उजुरीपछि युवकलाई इलाका प्रहरी कार्यालय, रिडीबाट प्रहरी निरीक्षक सुवराज बमको नेतृत्वमा गएको टोलीले पक्राउ गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस