धरान प्रहरी चौकीमा युवाको समूहद्वारा आक्रमण, असई घाइते « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

धरान प्रहरी चौकीमा युवाको समूहद्वारा आक्रमण, असई घाइते


१३ जेष्ठ २०७८, बिहिबार


विराटनगर ।  हतियारधारी युवकहरूको एक समूहले आज साँझ धरानको एक प्रहरी चौकीमा आक्रमण गरेका छन् ।

घरेलु हतियारसहित ८-९  जना स्थानीय युवाको दुई समूहबीच प्रहरी चौकीमा झडप भएको र  झडप रोक्न खोज्दा चौकीका इन्चार्ज घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका अनुसार एउटा समूह उजुरी लेख्न आएको र पछिपछि आएको अर्को समूहले चौकी भित्र आक्रमण गर्न खोजेका थिए । त्यसलाई रोक्न खोज्दा चौकी इन्चार्ज सुमन दाहाल घाइते भएका हुन् । ।

धरान-१५ मा रहेको अस्थायी प्रहरी चौकीमा भएको आक्रमणबाट घाइते दाहालमाथि खुकुरी प्रहार भएको एसपी थापाले बताए ।

घाइते दाहाललाई उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा भर्ना गरिएको छ । घटनामा संलग्नको नाका सिल गरेर खोजी भइरहेको एसपी थापाले बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस