जुम्लामा विश्वविद्यालय स्थापना हुने « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

जुम्लामा विश्वविद्यालय स्थापना हुने


१३ जेष्ठ २०७८, बिहिबार


सिञ्जा । जुम्लामा पर्वतीय विज्ञान तथा प्रविधि विश्वविद्यालय स्थापना हुने भएको छ ।

कर्णाली प्रदेश सरकारले यहाँको चन्दननाथ नगरपालिकामा केन्द्रीय कार्यालय रहनेगरी विश्वविद्यालयसम्बन्धी विधेयक संसद्मा टेवुल गरिएको पूर्वमन्त्री नरेश भण्डारीले जानकारी दिए ।

जुम्ला आएका निवर्तमान आन्तरिक मामिला तथा कानून पूर्व मन्त्री भण्डारीले यहाँका जनतालाई चाडै विश्वविद्यालय स्थापना हुने विश्वास दिलाए । उनले स्वास्थ्य सङ्कटमा कर्णाली प्रतिष्ठानले राज्यलाई सहयोग गरिरहेकाले विश्वविद्यालय स्थापना गर्न लागिएको बताए । उनले विश्वविद्यालयको सैद्धान्तिक छलफलका लागि प्रदेशसभामा अगाडि बढेको हुँदा पारित हुने विश्वास व्यक्त गरे।

प्रदेश सांसद पदम रोकायाले प्रदेश सरकार कोरोना रोकथाम र नियन्त्रणमा लागि परेको र अझ कसरी व्यवस्थित गर्ने भन्ने विषयमा आफूहरूले छलफल गर्ने बताए । विश्वविद्यालय स्थापना भएपछि कर्णाली प्रदेशलगायत हिमाली क्षेत्रका कृषि वन, जडीबुटी, ऊर्जा, पर्यटन र जैविक विविधतालगायत अन्य प्राकृतिक स्रोत साधनसँग सम्वन्धित क्षेत्रको एकीकृतरूपमा अध्ययनअध्यापन र अनुसन्धान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस