दुरुपयोग हुनबाट अलग रहन कर्मचारीलाई देउवाको ध्यानाकर्षण « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

दुरुपयोग हुनबाट अलग रहन कर्मचारीलाई देउवाको ध्यानाकर्षण


१३ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारीहरूलाई सरकारी नेतृत्वबाट दुरुपयोग हुनबाट अलग रहन ध्यानाकर्षण गराएका छन् । नेता देउवाले एक विज्ञप्ति जारी गर्दै सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरूलाई दुरुपयोग हुनबाट अलग रहन ध्यानाकर्षण गराएका हुन् ।

‘सरकारको नेतृत्वलाई सरकारी संयन्त्रको दुरुपयोग नगर्न र सरकारी संयन्त्रमा कार्यरतहरूलाई दुरुपयोग हुनबाट अलग रहन पनि ध्यानाकर्षण गराउँदछु’देउवाले भनेका छन् ।

सरकारका सम्बन्धमा न्यायपालिकामा मुद्दा विचाराधीन रहेको अवस्थामा कुनै पनि दूरगामी प्रकृतिका निर्णयहरू नलिन र कार्यान्वयन नगर्न सरकारलाई खबरदारी गरेका देउवाले वर्तमान सरकार संविधानको मूल मर्म र भावना विपरीत सत्तामा आसीन रहेको बताएका छन् । उनले संसदीय प्रक्रियालाई छलेर दूरगामी प्रकृतिका निर्णयहरू लिइरहेको आरोपसमेत लगाएका छन् ।

प्रधानमन्त्रीलाई पेस गरेको १५ बुँदे ज्ञापन पत्रलाई गम्भीरताका साथ लिन माग गर्दै उनले कोभिड–१९ विरुद्ध खोपको तत्काल आपूर्ति, देशभर आवश्यकता अनुसार आइसियु बेड र अक्सिजनको व्यवस्था र निम्न आय भएकाहरूलाई निःशुल्क उपचारको सुनिश्चितता गर्नसमेत सरकारसँग माग गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस