बागमतीमा सर्वदलीय बैठक सुरु « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बागमतीमा सर्वदलीय बैठक सुरु


१३ जेष्ठ २०७८, बिहिबार


मकवानपुर । बागमती प्रदेशमा सर्वदलीय बैठक सुरु भएको छ ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सुशासन केन्द्र जावलाखेलमा आज साँझ ५ बजेका लागि आह्वान गरेको बैठक केही बेरअघि मात्रै सुरु भएको हो ।

मुख्यमन्त्री पौडेलले आगामी जेठ १६ गते आह्वान गरिएको प्रदेशसभाको ८ औं अधिवेशन बैठक, आगामी आर्थिक वर्षको निति कार्यक्रम, बजेट र प्रदेशमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका बिषयमा छलफल हुँदैछ ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा), विवेकशील साझा पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) लगायतका दलका प्रतिनिधिहरू उपस्थिति रहेको छ ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका तर्फबाट दलका नेता तथा पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जमरकट्टेल, पूर्व सामाजिक विकास मन्त्री युवराज दुलाल, नेपाली काँग्रेसका तर्फबाट दलका नेता इन्द्रबहादुर बानियाँ, प्रमुख सचेतक राधा घले, राप्रपाको तर्फबाट रिता माझी, विवेकशील साझाको तर्फबाट रमेश पौड्याल, नेमकिपाका सुरेन्द्र राज गोर्साइं र नेकपा एमालेका तर्फबाट मुख्यमन्त्री पौडेल, आन्तरिक मामिला तथा कानुन मन्त्री केशवराज पाण्डे र प्रमुख सचेतक निरौला उपस्थित भएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस