नर्भिकमा पोस्ट कोभिड–१९ क्लिनिक « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

नर्भिकमा पोस्ट कोभिड–१९ क्लिनिक


१३ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । नर्भिक इन्टरनेशनले हस्पिटलले कोभिड–१९ सङ्क्रमण निको भइसकेपछि पनि स्वास्थ्यमा आउनसक्ने जोखिमलाई सम्बोधन गर्न ‘पोस्ट कोभिड–१९ क्लिनिक’ शुरुआत गरेको छ ।

विशेषज्ञ सहितको क्लिनिक सञ्चालनमा ल्याएको अस्पतालका कर्पोरेट कम्युनिकेशन प्रमुख सोमनाथ बाँस्तोलाले जानकारी पदए । अस्पतालका कार्डियोलोजिष्ट डा। जेपी जैसवालका अनुसार नेपालमा समेत सङ्क्रमण निको भएपछि विभिन्न स्वास्थ्य समस्या देखिएको गरेको छ ।

उनले सङक्रमण तत्काल ठीक भएपनि लामो समयसम्म धेरैलाई सामान्य शारीरिक समस्या, थकाइ लाग्ने, छाति दुख्ने, निद्रा नलाग्ने, मनोरोग हुने, उच्चरक्तचाप, हिड्दा स्वाँ स्वाँ , श्वासप्रश्वासमा समस्या हुने जस्ता समस्याहरु देखिने जानकारी दिए ।

सिनियर फिजिसियन उनले सङ्क्रमणपछि देखिने यस्ता समस्याको उपचार गर्नका लागि पोस्ट कोभिड क्लिनिकमा सञ्चालन गरिएको जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस