कोरोना सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या धेरै « प्रशासन
Logo ११ बैशाख २०८१, मंगलबार
   

कोरोना सङ्क्रमितभन्दा निको हुनेको सङ्ख्या धेरै


१३ जेष्ठ २०७८, बिहिबार


काठमाडौँ । पछिल्लो २४ घण्टामा थप ७ हजारभन्दा बढी कोरोना सङ्क्रमणमुक्त भएका छन्।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा गरिएको पीसीआर परीक्षणमा ७ हजार दुई सय २६ जना सङ्क्रमणमुक्त भएका हुन्। यससँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ लाख १८ हजार आठ सय २९ पुगेको छ।

सोही अवधिमा पीसीआर तथा एन्टिजेन परीक्षणका क्रममा थप ६ हजार नौ सय ३९ जनामा सङ्क्रमण पुष्टि भएको छ। गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरूमा गरी २० हजार चार सय १४ जनाको आरटी–पीसीआर विधिबाट नमुना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । पीसीआर परीक्षणबाट ६ हजार सात सय ३१ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यसैगरी सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी पाँच सय ७८ जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट दुई सय आठ जनामा सङ्क्रमण पुष्टि भएको हो।

यससँगै नेपालमा कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ५ लाख ४२ हजार २ सय ५६ पुगेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस